प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

Yangle News
Yangle News
२०८२ पुस ६ गते
प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ भेटवार्ता भएको हो ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ । उच्चस्तरीय राजनीतिक भेटलाई चासोका साथ हेरिएको छ भने छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन । अदालतको आदेशले रिहाभएलगत्तै रास्वपा सभापति लामिछानेले सरकारको समर्थन गर्दै अभिव्यक्ति दिएका थिए । उनले निर्धारित मितिमै निर्वाचन हुनुपर्ने र आफू जेनजीहरुको माग र सपना पूरा गर्न प्रतिवद्ध रहेकोसमेत बताएका थिए ।

आजको भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, तोसिमा कार्कीलगायत सहभागी थिए ।

Yangle News