आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डी हस्पिटलमा छुट

Yangle News
Yangle News
२०८२ भदौ १२ गते
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डी हस्पिटलमा छुट

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डी हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।

कम्पनीले आफ्ना बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई लाभान्वित तुल्याउन ग्राण्डी हस्पिटलसँग त्यस्तो सम्झौता गरेको हो । सम्झौताअनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डी हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, वेलनेस प्याकेजमा पनि विशेष सहुलियत दिइने बताइएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधाको लाभ लिन सक्ने आइएमई लाइफ इन्स्योरेन्सले जनाएको छ ।