नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफु र सभापति शेरबहादुर देउवाबीच मिलन भैसकेकोले झगडा नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
चुनावी अभियानका लागि मोरङमा रहेका उनले आफुहरु प्रतिश्पर्धी भएपनि अधिवेसन पछि उक्त प्रतिश्पर्धा सकिएको बताए ।
‘स्थानीय चुनावमा के भयो, महाधिवेशनमा के भयो। अधिवेशन कांग्रेसभित्रको प्रतिस्पर्धा हो। त्यो तुषलाई सबैले त्यागौ। मैले त त्यागिसकेँ, तपाईंहरूले किन नत्याग्ने मैले बुझेको छैन,’ कोइरालाले भने।
कोइरालाले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिइसकेको बताए।
‘शेरबहादुर जी र म सँगै लडेको होइन, ग्रुप बनाएर वडादेखि चुनाव लडेको होइन , जव शेरबहादुर जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गरिरहनु भएको छ ?,’ भन्छन्, ‘लडाईं, प्रतिश्पर्धा शेरबहादुर जी र मेरो थियो । तलबाट माथीसम्मै प्रतिश्पर्धा थियो । अब त्यो लडाई समाप्त भैसक्यो । शेरबहादुर जी र म एकैठाउँमा उभिएका छौं । शेरबहादुर जी लाई मैले पटक पटक भेटेको छु । उहाँले मेरो कुरा मानिरहनु भएको छ । तपाईंहरु किन लडिरहनु भएको छ ? के को लागि लडिरहनु भएको छ के पाउनुहुन्छ ? केहि पनि पाउनु हुन्न ।’