एमालेको चुनावी कार्यतालिका सामान्य फेरबदल

Yangle News
Yangle News
२०८२ मंसिर २९ गते
एमालेको चुनावी कार्यतालिका सामान्य फेरबदल

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत चुनावी कार्यतालिका पुन: परिवर्तन भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले निर्वाचन कार्यक्रम संशोधनको सूचना जारी गरेका छन् ।

यसअघि सोमबार बिहान सूचना प्रकाशित गरेर निर्वाचन कार्यक्रम संशोधन भएको सूचना जारी गरिएको थियो । पछिल्लो संशोधित तालिकाअनुसार उम्मेदवारीउपर उजुरी लिने र निर्णय गरेर आजै राति साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । मतदान भोलि हुनेछ ।

यसअघि भोलि बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि मतदानको तय भएको थियो । यसमा संशोधन गरेर मतदानको समय मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको छ । लगत्तै मतगणना शुरू हुने एमालेले जनाएको छ ।

उम्मेदवारी दर्तामा ढिलाइ भएपछि मतदानको समय सारिएको निर्वाचन आयोगले जनाएको छ ।

Yangle News