सिमरा विमानस्थल तनावग्रस्त, कर्फ्यू आदेश जारी

Yangle News
Yangle News
२०८२ मंसिर ३ गते
सिमरा विमानस्थल तनावग्रस्त, कर्फ्यू आदेश जारी

बारामा नेकपा एमालेका युवा संगठनको आयोजनामा हुन लागेको कार्यक्रममा महासचिव शंकर पोखरेल र महेश बस्नेत जाने भएपछि विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनमा उत्रिएका जेनजी समूह र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थानीय प्रशासनले ‘कर्फ्यू’ आदेश जारी गरेको छ । सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्ध समूहहरुबीच झडप भइरहेकाले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षतिथ हुन नदिन एव परिस्थिति थप विग्रन नदिन ‘कर्फ्यू’ लगाइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।

आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिकाभित्र चारकिल्ला क्षेत्र निर्धारण गरेर ‘कर्फ्यू’ आदेश जारी गरिएको हो । गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दाँया-बाँया ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी ‘कर्फ्यू’ आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जारी गरेको आदेशमा उल्लेख छ ।

प्रदर्शन चर्किँदै जाँदा सिमरा विमानस्थलमा तोडफोडसमेत भएको छ । प्रदर्शनकारीहरुले विमानस्थलको गेट भत्काइदिएका छन् ।

विज्ञप्ति :

Yangle News