म्यारिज ब्यूरो चलाएको आरोपमा काठमाडौंबाट ४ चिनियाँ पक्राउ

Yangle News
Yangle News
२०८२ कार्तिक २९ गते
म्यारिज ब्यूरो चलाएको आरोपमा काठमाडौंबाट ४ चिनियाँ पक्राउ

म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरु काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनीहरूलाई शुक्रबार बेलुका पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि महानिर्देशक तिवारीले जानकारी दिए ।

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा थप के हो ? भनेर अनुसन्धान चलिरहेको छ । विवाहका लागि केही महिलालाई उनीहरुले चीनसमेत पठाइसकेको खुल्न आएको छ ।

पक्राउ परेकाहरुमा एक महिला र तीन पुरुष रहेका छन् ।