‘सोल्टिनी’को रिलिज घोषणा, हर्क साम्पाङको टिम कार्यकारी निर्माता

Yangle News
Yangle News
२०८२ भदौ १४ गते
‘सोल्टिनी’को रिलिज घोषणा, हर्क साम्पाङको टिम कार्यकारी निर्माता

चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ । प्रकाश सपूत र परीक्षा लिम्बू मुख्य भूमिकामा रहेको चलचित्र कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शनमा आउनेछ ।

कार्यकारी निर्माताको रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ । यस समूहको नेतृत्वमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ छन् ।

यो चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । मुख्य कलाकारमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारहरूले अभिनय रहेको छ ।