बाबुराम, जनार्दन र सन्तोष परियारबीच एकता घोषणा

Yangle News
Yangle News
२०८२ कार्तिक २८ गते
बाबुराम, जनार्दन र सन्तोष परियारबीच एकता घोषणा

आज मात्रै रास्वपा छाडेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन् । तीन समूहबीच आज ५ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराती र परियारले हस्ताक्षर गरेका छन् । सहमतिमा हस्ताक्षर हुँदै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि सहभागी थिए ।

एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने भएका छन् । देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न समेत अपिल गरेका छन् ।

सहमतिपत्र :

Yangle News