गृहमन्त्री ओमप्रकाश अर्यालले गरे प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङको बिदाई गरेका छन् ।
गृहमन्त्री अर्यालले सेवानिवृत्त हुन लागेका आइजीपी चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटै समय रहे पनि देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीहरूको मनोबल उच्च रहेको बताए ।
३० वर्षे अनिवार्य सेवापश्चात् बुधवारबाट अवकाशमा जान लागेका खापुङलाई सुखद अवकाश जीवनको शुभकामना दिँदै मन्त्री अर्यालले खापुङले उनको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई खाँचो रहेको बताए । सरकार गठनको परिस्थिति र अवस्थाबारे सबैलाई जगजाहेर रहेको कुरा बताउँदै गृहमन्त्री अर्यालले आइजीपी खापुङसँगको सम्बन्ध छोटो नै भए पनि विशेष नै रहेको उल्लेख गरे ।
गृह मन्त्रालयको नेतृत्व र प्रहरी प्रमुख र सम्पूर्ण जिम्मेवार प्रहरीहरूको अनुभव र कार्यकुशलताले मात्रै समग्रमा एउटा राष्ट्र सफल हुने विचार गृहमन्त्री अर्यालले व्यक्त गरे ।