मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, कहिले आउला काठमाडौँका घर-घरमा ?

Yangle News
Yangle News
२०७९ मंसिर २० गते
मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, कहिले आउला काठमाडौँका घर-घरमा ?

काठमाडौँ । मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो ।

अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अब केही दिनमा मेलम्चीको पानी काठमाडौंका घर घरमा पठाइनेछ । ‘पानी सफा हुन केही समय लाग्न सक्छ। काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ,’ उनले भने।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन्। उनीहरूले पानी वितरण रोक्ने सक्ने चेतावनीसमेत दिइरहेका छन् ।