एनआईसी एशिया बैंकका ग्राहकले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा छुट पाउने भएका छन् । बैंकले यसबारे द क्लिफ नेपालसँग सम्झौता भएको जनाएको छ ।
सम्झौताअन्तर्गत बैंकका ग्राहकले पर्वतको कुश्मामा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरू लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरूमा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ । उक्त सुविधा उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।