काभा महिला यु-१९ भलिबलमा नेपाल उपाधिनजिक

Yangle News
Yangle News
२०८२ कार्तिक २२ गते
काभा महिला यु-१९ भलिबलमा नेपाल उपाधिनजिक

नेपाल श्रीलंकाको कोलम्बोमा जारी काभा महिला यु-१९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोश्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३-० ले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । एकतर्फी जित निकाल्ने क्रममा नेपाल २५-११,२५-३ र २५-५ ले विजयी भएको छ ।

नेपालले आइतवार हुने फाइनलमा उपाधिका लागि कीर्गिस्तानको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३-० ले हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो । कीर्गिस्तान २६-२४,२५-२१ र २५-१५ ले विजयी भएको थियो ।

च्याम्पियनसिपमा सहभागी ४ टोलीमा नेपाल समूह चरणको पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो । कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२ र १५-९ विजयी भएको थियो ।

बिहीबार नेपालले माल्दिभ्सविरुद्ध ३-० सेटको जित निकालेको थियो । नेपालले खेल २५-७, २५-१० र २५-११ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले हिजो श्रीलंकालाई ३-१ ले हराएको थियो । नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो ।

भोलि फाइनल र तेस्रो स्थानको खेल हुनेछ । नेपालले गत वर्ष काभा महिला यू-२० मा कास्य पदक जितेको थियो ।

Yangle News