ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ चार वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–५, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३ दहचोक, चितवनको भरतपुर महानगरपालिका–८ शरदपुर र तनहूँको आबुँखैरेनी गाउँपालिका–३ आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुमा आजैबाट बैंकिङ्ग सेवा सुरु भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सय भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
त्यसैगरी यस बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउदै आएको छ ।