कांग्रेस महाधिवेशनका लागि दुई प्रस्ताव पेश

Yangle News
Yangle News
२०८२ कार्तिक १८ गते
कांग्रेस महाधिवेशनका लागि दुई प्रस्ताव पेश

नेपाली कांग्रेसको नियमित महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेस भएका छन् । महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन आगामी ‘पुस १६ देखि १९ गतेसम्म’ गर्ने प्रस्ताव पेश गरेका छन् ।

त्यस्तै, संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले ‘२०८३ वैशाख २७ देखि २९ गतेसम्म’ महाधिवेशन गर्ने अर्को प्रस्ताव पेस गरेका छन् । मंगलबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा दुवैले विस्तृत कार्यतालिकासहित आफ्ना प्रस्ताव पेस गरेका हुन् ।

सहमहामन्त्री यादवले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका :

मंसिर २० गतेसम्म : क्रियाशील नवीकरण

पुस ५ गतेसम्म : नयाँ वितरण

पुस २० गतेसम्म : निर्वाचन समितिलाई क्रियाशील हस्तान्तरण

चैत १ गते : वडा अधिवेशन

चैत ५ गते : पालिका अधिवेशन

चैत १२ गते : प्रदेश क्षेत्रीय अधिवेशन

चैत २० गते : संघीय क्षेत्रीय अधिवेशन

चैत ३० गते : जिल्ला अधिवेशन

वैशाख १५ गते : सात प्रदेश अधिवेशन

वैशाख २७–२९ गते : १५औं केन्द्रीय महाधिवेशन

महामन्त्री थापाले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका :

मंसिर १० गतेसम्म : क्रियाशील नवीकरण र नयाँ वितरण

मंसिर १०–२० गतेसम्म : क्रियाशील छानबिन गर्ने

मंसिर २४ गते : निर्वाचन समितिलाई हस्तान्तरण

मंसिर २७ गते : वडा अधिवेशन

पुस ५ गते : क्षेत्रीय अधिवेशन

पुस १६–१९ गते : १५औं केन्द्रीय महाधिवेशन