पृथ्वी मानवको साझा घर हो । आठ अर्ब मानिस बसोबास गर्ने पृथ्वी बारेका रोचक यी १० कुराहरु जसबारे थाहा पाउन जरुरी छ ।
१. पृथ्वी पूरै गोलो छैन् ।
साधारणतया हामी भन्छौ या मान्छौ कि पृथ्वी गोलो छ । तर वास्तवमा पृथ्वी ठ्याक्कै गोलो आकारमा भने छैन् । उत्तर र दक्षिणी ध्रवमा यो थेप्चो आकारको छ । यसलाई ओबलेट स्फेरोइड आकारको भन्न सकिन्छ । यो भन्नाले एक ज्यामिति आकार हो जसमा गोलाकार आकृति भएपनि ध्रुवीय क्षेत्रको व्यास यसको केन्द्रको व्यासभन्दा छोटो हुन्छ ।
२. पृथ्वीको ७० प्रतिशत भाग पानी छ ।
पृथ्वीमा पानी ठोस, तरल र ग्यासहरु छन् । हिमनदी, दलदल, ताल, नदी, समुन्द्र र महासागरहरूले पृथ्वीको तीनचौथाई भाग ओगटेको छ । पृथ्वीमा भएको कुल पानीको ९७ प्रतिशत भाग समुद्री तटीय पानी हो ।
३. पृथ्वीको दश किलोमिटर माथि अन्तरीक्ष छ ।
वायुमण्डल र अन्तरिक्ष बीचको सीमालाई कर्मन रेखा भनिन्छ, जुन समुद्र सतहबाट १०० किलोमिटर माथि छ । कर्मन रेखा भन्नाले उत्तर ध्रुवबाट दक्षिण ध्रुव जाने रेखा हो । वायुमण्डलीय तौलको लगभग ७५ प्रतिशत समुद्रको सतहबाट ११ किलोमिटरको उचाइमा मात्र पाइन्छ । अर्थात्, यो भन्न सकिन्छ कि कर्मन रेखाले पृथ्वीको दायरा के हो र अन्तरिक्ष कहाँबाट सुरु भएको छ भन्ने बताउँछ ।
४. पृथ्वीको केन्द्रमा फलाम छ ।
पृथ्वी सौर्यमण्डलको सबैभन्दा ठोस र पाँचौं ठूलो ग्रह हो । पृथ्वीको सबैभन्दा भित्री भाग लगभग १,२०० किलोमिटरको दायरा भएको ठोस बल जस्तै छ । यो बल मुख्यतया फलामबाट बनेको हुन्छ, जसमा कूल तौलको ८५ प्रतिशत फलाम हुन्छ । यसबाहेक १० प्रतिशत निकल धातु रहेको छ ।
५. जीवन भएको एक मात्र ग्रह, हो पृथ्वी ।
पृथ्वी ब्रह्माण्डको एक मात्र आकाशीय पिण्ड हो जसमा हामी जीवन बिताउन सक्छौं । अन्य ग्रहहरूमा यसको सम्भावनाको खोजी भइरहेको छ। हाल पृथ्वीमा झण्डै २० लाख प्रजातिहरू छन्, यध्यपी यो भएका मध्य सानो हिस्सा मात्रै हो । सन् २०११ मा गरिएको वैज्ञानिक अध्ययनले संसारमा लगभग ८० लाख प्रजातिहरू रहेको अनुमान गरिएको छ । पृथ्वी करिब ४ अर्ब ५० करोड वर्ष पहिलेदेखि अस्तित्वमा छ । पृथ्वीको भौतिक गुण, यसको भूवैज्ञानिक इतिहास र यसको परिक्रमाले लाखौं वर्षदेखि जीवनको अस्तित्वलाई बचाइ राखेको छ ।
६. पृथ्वीको सबै क्षेत्रमा गुरुत्वाकर्षण एकै प्रकारको छैन् ।
पिण्ड जताततै समान छैन, त्यसैले गुरुत्वाकर्षण क्षेत्रको बल ठाउँ अनुसार फरकफरक हुन्छ । उदाहरणका लागि, जब हामी भूमध्य रेखाबाट उत्तरी वा दक्षिणी ध्रुवतर्फ जान्छौं, गुरुत्वाकर्षण क्षेत्रको तीव्रता बिस्तारै बढ्दै जान्छ, यद्यपि यो भिन्नता मानिसहरूले प्रत्यक्ष रूपमा भने महसुस गर्न सक्दैनन् ।
७. पृथ्वीबारे अनेक विरोधाभासहरु छन् ।
यो ग्रह एकदमै विरोधाभासले भरिएको छ । यसको भौगोलिक क्षेत्र र यसको हावापानीको विविधताका हरेक क्षेत्रका आफ्नै विशेषताहरू छन् । अहिलेसम्म रेकर्ड गरिएको पृथ्वीको सबैभन्दा उच्च तापक्रम अमेरिकाको डेथ भ्यालीमा गरिएको छ , जहाँको तापमान १० जुलाई १९१३ मा ५६।७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । अर्कोतर्फ, सबैभन्दा चिसो तापक्रम अन्टार्कटिकामा रेकर्ड गरिएको थियो । जहाँको तापमान ३१ जुलाई १९८३ मा ८९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
८. पृथ्वीमा सबैभन्दा ठूलो जीवित संरचना ।
अष्ट्रेलियाको समुन्द्री तटमा रहेको ग्रेट ब्यारियर रीफ, जीवित जीवहरूले बनेको सबैभन्दा ठूलो संरचना हो । यो एक मात्र संरचना हो जुन अन्तरिक्षबाट देख्न सकिन्छ । यो २००० किलोमिटर भन्दा बढि फैलिएको छ र हजारौं समुद्री प्रजातिहरूको घर हो ।
९. सक्रिय प्लेटहरू भएको एक मात्र ग्रह ।
यी प्लेटहरू चलायमान रहनु भनेको पृथ्वीको सतह निरन्तर परिवर्तन भइरहेको छ, भन्ने हो । यीनै प्लेटहरूका कारण पहाड, भूकम्प र ज्वालामुखीहरू निर्माण भएका हुन् । यी प्लेटहरू चलायमान रहनाले पृथ्वीको तापक्रमलाई नियमन गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ, यसले समुद्रको गहिराई नवीकरण गरि कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यासहरू पुनस् प्रयोग गरेर काम गर्छ ।
१०. पृथ्वीसँग आफूलाई सुरक्षित गर्ने रक्षात्मक आवरण छ ।
पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने ऊर्जा कणहरूबाट उसलाई बचाउन ढालको रूपमा काम गर्दछ । चुम्बकीय क्षेत्रबाट विभिन्न खालका बाटोहरु पत्ता लगाइन्छ । त्यस्तै कम्पासले दिशा पत्ता लगाउँन यहि चुम्बकीय क्षेत्रको माध्यमबाट काम गर्छ ।