हमासले सार्वजनिक गरेको बन्धकको सूचीमा विपिन जोशी परेनन्

Yangle News
Yangle News
२०८२ अशोज २४ गते
हमासले सार्वजनिक गरेको बन्धकको सूचीमा विपिन जोशी परेनन्

इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्ति सबै इजरायली नागरिकहरु छन् ।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।

इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।

Yangle News

Yangle News