हमासले बन्धक बनाएका विपीन जोशीको भिडियो बुधबार साँझ सार्वजनिक गरिएको छ । उक्त भिडियो इजरायली गुप्तचर एकाइहरूले प्राप्त गरेपछि सार्वजनिक गरिएको जेरुसेलम पोस्टले जनाएको छ ।
३३ सेकेन्डको भिडियोमा जोशीले आफ्नो परिचय दिएका र आफू अपहरणअघि इजरायल आएको र कृषि फर्ममा काम गरेको बताएका छन् । जोशीको परिवारले एक विज्ञप्तिमा भनेको छ, ‘गाजामा भेटिएको यो जीवनको प्रमाण जुन हामी आज तपाईंसमक्ष बाँड्दैछौ, यसले उहाँ जीवित हुनुहुन्छ भन्ने हाम्रो अटल विश्वासलाई बल दिएको छ ।’ उक्त भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको छ, जसमा विपिनलाई हमासको नियन्त्रणमा रहेको अवस्थामा देखिएको छ ।
जोशी अक्टोबर ७ को हमला हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि शिक्षा कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनलाई किबुत्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य धेरै नेपाली नागरिकहरू बस्दै आएका थिए ।
नोभेम्बर २०२३ को वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, जोशीले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
भिडियो :