आईओसीले घटायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घट्ला ?

Yangle News
Yangle News
२०७९ चैत्र २ गते
आईओसीले घटायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घट्ला ?

भारतीय आयल कर्पोरसन (आईओसी) पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आईओसीले पठाएको नयाँ दर अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

भारतबाट घटेर आएको मूल्यका आधारमा अब निगम सञ्चालक वा व्यवस्थापन समितिको बैठकले इन्धनको  नेपाली बजारको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।

510 views