नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपालमा रहेका तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूलाई लक्षित गर्दै नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ ।
दूतावासले जारी गरेको एडभाइजरीमा पछिल्लो एक सातायता नेपालमा अवस्था उल्लेख्य सुधार भएको उल्लेख छ । सडक यातायात तथा हवाई उडानहरू नियमित रूपमा सञ्चालनमा आइसकेको जानकारी दिँदै दूतावासले भारतीय नागरिकलाई नेपाल आउन कुनै अवरोध नरहेको जनाएको छ ।
तर पनि, अझै सतर्कता अपनाउन आग्रह गर्दै दूतावासले भनेको छ, ‘नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूले दूतावास वा नेपाल सरकारका सम्बन्धित निकायले समय-समयमा जारी गर्ने सूचना र निर्देशनलाई पालना गर्नु जरुरी छ ।’