राष्‍ट्रियसभाको चालु अधिवेशन अन्त्य

Yangle News
Yangle News
२०८२ भदौ ३१ गते
राष्‍ट्रियसभाको चालु अधिवेशन अन्त्य
राष्ट्रियसभा बैठक । (फाइल तस्बिर)

राष्‍ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रियसभाको चालु अधिवेशन भदौ ३१ गते राति १२:०० बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि जेनजी समूहको प्रस्ताव सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छन् ।

Yangle News