उनले स्थानीय तहमा अनुभुत गरेका ध्यान दिएर त्यो बेला देखिएका समस्या यो निर्वाचनमा दोहोरिन नदिने बताए । सामाजिक सञ्जालको चंगुलबाट मुक्त राख्न खोजिएको उनले बताएका छन् ।
आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा कोकोहोलो मच्चाउने प्रवृत्ति बढेको भन्दै थापलियाले आयोगले कारबाही गरेर जाने बताए।
निर्वाचन अ।योगले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सञ्चार माध्याम सम्बन्धि अभिमुखिकरण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सोधिएको स्पष्टीकरणलाई लक्षित गर्दै प्रमुख आयुक्त थपलियाले स्पष्टीकरण सोध्नु भनेको कार्वाहीको प्रक्रियामा लग्नु भएको बताए ।
हामीले साना आचारसंहिता उल्लंघनका घटना हेर्ने हो, उनले भने, ठुला घटना सम्बन्धित निकायलाई कार्वाहीको सिफारिस गर्ने हो ।
‘अयोगका पछिल्ला निर्णयले अब भूकम्प नै ल्याउने छ’, उनले भने, ‘स्पष्टीकरण कारवाही नभएर प्रकृयाको शुरूवात मात्रै हो।
प्रदेशस्तरीय अन्तरक्रियामा उनले सञ्चारमाध्यमलाई राजनीतिक दलका घोषणापत्रबारे पनि बहस चलाइदिन अग्रह गरे।
उनले निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्र सबल हुने बताएका छन्।
प्रमुख अयुक्त थपलियाले मतदाता परिचय पत्र नभए पनि मतदानबाट बञ्चित नगरिने बताए।
‘लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटोसहितको परिचय पत्र भएपनि हुन्छ’, उनले अगाडि भने।