जेनजी पुस्ताको आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र हल आजदेखि खुलेका छन् ।
चलचित्र हल सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघको हिजो बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन आजदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए । अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताए ।
चलचित्र ‘रिमै’, ‘मोहर’ लगायतका नेपालीसँगै केही विदेशी चलचित्र दर्शकले हेर्न पाउनेछन् ।