नेपाली टिम होरा ई-स्पोर्टस् पब्जी विश्वकपको फाइनलमा

Yangle News
Yangle News
२०८२ साउन १५ गते
नेपाली टिम होरा ई-स्पोर्टस् पब्जी विश्वकपको फाइनलमा

नेपाली पब्जी टिम ‘होरा ई-स्पोर्ट्स’ साउदी अरबमा भइरहेको पब्जी मोबाइल विश्वकपको ग्राण्ड फाइनलमा प्रवेश गरेको छ ।

समूह चरणमा १३औं स्थानमा रहेको होराले सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरी फाइनल स्थान सुरक्षित गरेको हो । यससँगै उसले २५ हजार डलर (करिब ३४ लाख ५० हजार रुपैयाँ) पुरस्कार पाएको छ ।

होरा अब विश्वका उत्कृष्ट १५ टिमसँग १ देखि ३ अगस्टसम्म हुने ग्राण्ड फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । होरा ई-स्पोर्ट्सको टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन् ।

प्रतियोगितामा २४ टिम सहभागी थिए । फाइनल म्याच आगामी अगष्ट १, २ र ३ मा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ३ मिलियन डलर प्राप्त गर्नेछ ।

Yangle News