भाटभटेनीका १६ शाखाबाट नियमित सेवा

Yangle News
Yangle News
२०८२ भदौ २८ गते
भाटभटेनीका १६ शाखाबाट नियमित सेवा

नेपालको सुपरमार्केट चेन भाटभटेनीले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा आएको घोषणा गरेको छ । कम्पनीले एक सन्देश जारी गर्दै ग्राहकहरूको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ ।

‘हाम्रा ढोकाहरू फेरि खुलेका छन्,’ सामाजिक सञ्जालमा गरिएको पोस्टमा भनिएको छ, ’भाटभटेनी एउटा स्टोर मात्र नभई तपाईंको परिवार हो ।’ कम्पनीले आफ्ना ग्राहकहरूलाई सधैंझैँ उही हेरचाह र प्रतिबद्धताका साथ सेवा दिन फर्केको जनाएको छ । हालैको आन्दोलनका कारण भाटभटेनीका केही स्टोरहरू बन्द गरिएका थिए । देशभर भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरहरू तोडफोड र आगजनीसमेत भएका थिए ।

कम्पनीले सबैलाई मिलेर उज्ज्वल र शान्त दिनहरूतर्फ अघि बढ्न पनि आह्वान गरेको छ ।

Yangle News