यी हुन् मन्त्रिपरिषद बैठकका ४ निर्णय

Yangle News
Yangle News
२०८३ जेष्ठ ११ गते
यी हुन् मन्त्रिपरिषद बैठकका ४ निर्णय

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्नेसहितका चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले अर्थसहित विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित चारवटा निर्णयहरू गरेको मन्त्री पोखरेलले बताए ।

निर्णयहरू :

१. नेपाल-चीन जोड्ने विद्युत् प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।

२. आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण गर्ने, जसअन्तर्गत मोटा धानको प्रतिक्वीन्टल ३,६६० रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टल ३,८६० रुपैयाँ तोकिएको छ ।

३. सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने ।

४. नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने ।