‘प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति थप चर्कियो’

Yangle News
Yangle News
२०८२ भदौ २५ गते
‘प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति थप चर्कियो’

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्न ढिलाइ गर्दा स्थिति थप चर्किएको बताएको छ । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निष्कर्ष निकालेका हुन् ।

‘सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटक-पटकको आग्रहका बावजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आँकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सही सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले जेनजी पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पुर्‍याउन पनि आग्रह गरेको छ । तर, उक्त निर्णय पनि संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराएका छन् । ‘विधि विहीनताले थप अराजकता निम्त्याउँछ, त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यु र जेनजी पक्षलाई हामी आग्रह गर्छौं- अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैज्ञानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति :

Yangle News

Yangle News

Yangle News

Yangle News