आइएमई मोटर्सलाई ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

Yangle News
Yangle News
२०८२ साउन १३ गते
आइएमई मोटर्सलाई ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

आइएमई मोटर्सले अन्तर्राष्ट्रिय अपरेसन श्रेणीअन्तर्गत ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ प्राप्त गरेको छ । अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स, २०२५ मा आइएमई मोटर्सले उत्कृष्ट सेवा, प्राविधिक दक्षता र ग्राहक सन्तुष्टिमा पुर्‍याएको योगदानका लागि सम्मान प्रदान गरिएको जनाइएको छ ।

आइएमई मोटर्स र अशोक लेल्यान्डबीचको सफल साझेदारीले एक दशक पूरा गरिरहेकै बेला प्राप्त सम्मानले दुई कम्पनीबीचको सहकार्यलाई थप बलियो बनाएको कम्पनीले जनाएको छ ।

आइएमई मोटर्सका सर्भिस प्रमुख मित्रकुमार श्रेष्ठले सम्मान कम्पनीका प्रत्येक सर्भिस टेक्निसियन र टोलीको निरन्तर समर्पणको प्रतिफल भएको उल्लेख गरे । ‘हामी भविष्यमा अझ उत्कृष्ट सेवा दिन प्रतिबद्ध छौं,’ श्रेष्ठले भने ।

त्यस्तै, कार्यकारी निर्देशक निशान ढकालले अवार्डले आइएमई मोटर्सलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिन अझ प्रेरित बनाएको बताए । उनले भने, ‘निरन्तर सुधार र उत्कृष्टता हासिल गर्न यो सम्मानले हामीलाई थप उत्साहित बनाएको छ ।’

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले समेत अवार्डले १० वर्षको सफल साझेदारीको मूल्यांकन गर्दै सहकार्य र ग्राहक सन्तुष्टिको सशक्त प्रतिबद्धता झल्काएको बताए ।