राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ । देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई ध्यानमा राखेर युरोपका ३ देशको भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताएका छन् ।
पौडेलको यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो ।
गत शुक्रबार राति जाजरकोटमा गएको भूकम्पले गर्दा देश नै शोकमा छ । संकट र असहज परिस्थितिमा राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय गरेको चालिसेले जानकारी दिए । जाजरकोटमा गत शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी १ सय ५३ जनाको ज्यान गएको थियो भने ३ सय ३८ जना घाइते भएका थिए ।