काठमाडौं : शुक्रबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बुधबारचाँदीको भाउ १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।