प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेलको अहिले चलिरहेको खरिद-बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए ।
सो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समितिमा डाकेर छलफल गर्ने पनि समितिले तयारी गरेको छ ।
एनसेल खरिद-बिक्रीमा प्रक्रिया र सेयर अंक अस्वाभाविक रहेकोले करछली भएको आशंका रहेकोले छानबिन गर्नुपर्ने निष्कर्ष समितिको छ । बैठकमा धारणा राख्ने धेरैजसो सांसदहरुले एनसेल खरिद-बिक्री प्रकरणमा उच्चस्तरका नेताहरुको समेत संलग्न रहेको आरोप लगाएका थिए ।
उनीहरुले नेपालमामा लगानीको वातावरण नभएर बाहिरिन लागेको भन्ने एनसेलको विज्ञप्तिका विषयमा पनि नेपाल सरकारको प्रस्ट धारणा आउनुपर्ने बताए । आजियटाले सन् २०१६ मा १ खर्ब ४३ करोड रुपैयाँमा खरिद गरिएको कम्पनी अहिले करिब साढे ३ प्रतिशत मूल्य अर्थात् ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको छ ।