भैंसेपाटीस्थित सरकारी क्वाटरबाट हेलिकोप्टरमा निकालिएका मन्त्रीहरूलाई बालुवाटार लगिएको छ । उनीहरुका परिवारसहित कतिपय भीआईपीलाई नेपाली सेनाको भैरवनाथ गणमा लगिएको छ ।
उनीहरूलाई त्यहाँ सुरक्षाका लागि राखिएको बताइएको छ । भैरवनाथ गण यसअघि युद्धकालमा बन्दीहरूलाई राख्ने ठाउँ हो । अधिकांश मन्त्री र भीआईपीलाई हेलिकप्टरबाट सुरक्षित निकालिएको थियो ।
कतिपयलाई अन्य सुरक्षित स्थानमा राखिएको जनाइएको छ । अपरान्ह २ बजेसम्म काठमाडौंका अधिकांश भाग सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगिसकेका छन् । बानेश्वरस्थित संसद भवन प्रदर्शनकारीहरुले कब्जामा लिएका छन् । उनीहरुले अहिले सिंहदरबारभित्रसमेत प्रवेश गरिसकेका छन् ।