सूचीकरण नभए फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

Yangle News
Yangle News
२०८२ भदौ ११ गते
सूचीकरण नभए फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सरकारले फेसबुकसहित सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन समय दिएको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई जवाफदेही बनाउने निर्णय सरकारले गरेको हो । यसका लागि सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन आह्वान गरिएको छ ।

तोकिएको समयभित्र सूचीकरण नहुने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र नचल्ने गरी निष्क्रिय बनाउने सरकारको तयारी छ ।

यसका लागि मन्त्रिपरिषद्‌ले सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।