दक्षिण कोरियाको राष्ट्रपति पदको निर्वाचनमा विपक्षी नेता ली जाय म्युङले सफलता पाएका छन् । सैन्य शासनका कारण ६ महिनादेखि विवादमा रहेको दक्षिण कोरियामा मंगलबार निर्वाचन भएको हो ।
यस ६ महिनाको अवधिमा राष्ट्रपति योन सुक योलविरुद्धमा विरोध प्रदर्शन हुनुका साथै महाभियोग पनि लागेको थियो । जितका बाबजुद लीका लागि समय कठिन छ ।
देशभित्र ध्रुवीकरण त्यत्तिकै छ भने देश बाहिरको अवस्था पनि असहज छ । दक्षिण कोरियाको नजिकको सम्बन्ध रहेको अमेरिकाले अहिले आयात करमा जोड दिएको छ । लीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी दिनमा गर्ने वार्ता पनि महत्त्वपूर्ण हुनेछ ।
गएको साता देखि भएको सर्वेक्षणमा उनलाई पछ्याइरहेका युनकै क्याबिनेटका किम मुन सुले लीलाई बधाई दिइसकेका छन् । लीले दक्षिण कोरियामा प्रजातान्त्रिक मूल्य र मान्यतामा प्रश्न उठेकै कारण यसलाई फेरि प्रजातन्त्रका प्रति विश्वास दिलाउन आवश्यक रहेको बताए ।
६१ वर्षीय लीले तीन वर्ष अघि युनसँग झिनो मतले पराजयको सामना गरेका थिए । उनीविरुद्ध अहिले पनि भ्रष्टाचारका थुप्रै अभियोग यथावतै छन् । विशेषज्ञले यो निर्वाचन परिणामलाई युनले घोषणा गरेको सैन्य शासनपछि पिपुल्स पावर पार्टीलाई बेवास्ताको रूपमा पनि लिइएको छ ।
दक्षिण कोरियामा समस्या अझै यथावतै छन् । उनको विरुद्धमा निर्वाचन कानुनको अवज्ञा गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा यथावतै छ । यस सुनुवाइले निर्वाचन परिणामलाई असर गर्ने भएका कारण सुनुवाइ रोकिएको हो । ली दोषी ठहर भएपछि के हुने भन्ने अझै यकिन छैन ।
कलेजमा गएर मानव अधिकार वकिल हुनुअघि कामदार वर्गको परिवारमा जन्मेका लीले कठिन बाल्यकाल बिताएका थिए । सन् २०२२ मा राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै राष्ट्रपतिको उम्मेदवार भएका उनले लैङ्गिक असमानतालाई मुद्दा उठाएका थिए ।
दक्षिण कोरियाको प्रशासन ली र युनको दलको नाममा विभाजित छ । उनका लागि यो समयमा सन्तुलन मिलाएर काम गर्नु अर्को चुनौती हो ।