बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन् । अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ ।
बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर सडक पूर्ण रुपमा अवरुद्ध छ ।
त्यसैगरी काठमाडौंको काठमाडौं-नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन् । अवरुद्ध सडकको पहिरो हटाउने सहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध र एकतर्फी चलेका सडकहरु :