नेपालकै पहिलो फ्रेन्चाइज महिला भलिबल प्रतियोगिता वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)अन्तर्गत सबै ६ टोलीले खेलाडी अक्सनमार्फत आफ्ना टिम पूरा गरेको छ । काठमाडौंमा शुक्रबार सम्पन्न ऐतिहासिक अक्सनबाट ए, बी र सी क्याटेगोरीमा गरी टोलीले खेलाडी अनुबन्ध गरेका हुन् ।
अक्सनमा ६ फ्रेन्चाइज टिमका मार्की प्लेअर, मुख्य प्रशिक्षक, टिम ओनरदेखि ब्राण्ड एम्बासडरलगायत भलिबल संघका पदाधिकारीहरु समेत उपस्थित थिए ।
६ वटै फ्रेन्चाइजले अक्सनअघि नै आफ्ना मार्की खेलाडी र मुख्य प्रशिक्षक नियुक्त गरिसकेका थिए । अक्सनमा सबै ६ टिमले ७-७ खेलाडी अनुबन्ध गरेका छन् । इडब्लुभीएलमा हरेक टिममा १२ खेलाडी हुने प्रावधान छ । जसमा हरेक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछन् भने एक खेलाडी ट्यालेन्ट हन्टबाट टिममा राख्नुपर्नेछ ।
अक्सनमा कूल ६८ खेलाडी समावेश भएकोमा सबै क्याटेगोरी गरेर ४२ खेलाडीमाथि अक्सनमा बोली लाग्यो र विभिन्न टिममा अनुबन्ध भए । २६ खेलाडी भने अनसोल्ड रहे अर्थात कुनै टिममा अनुबन्ध भएनन् । मार्की खेलाडी स्वतः ए क्याटेगोरीअन्तर्गत पर्छन् । अक्सनमार्फत बाँकी ६ जना ए क्याटेगोरीका खेलाडी छानिए ।
६ वटै टिमका मार्की खेलाडी समान १ लाख ७२ हजार पाँच सयमा अनुबन्ध भएका छन् । त्यसबाहेक क्याटेगोरी ए, बी र सी का खेलाडीहरु अक्सनबाट अनुबन्ध गरिएको हो । क्याटेगोरी ए मा रहेका खेलाडीको बेस प्राइज १ लाख १५ हजार थियो भने अक्सनमा टिमले म्याक्सिमम १ लाख ३२ हजार ५०० सम्म बोली लगाएको थियो । यस्तै क्याटेगोरी बी को बेस प्राइज १ लाख र म्याक्सिमम १ लाख १५ हजारसम्म तथा क्याटेगोरी सी का खेलाडीको बेस प्राइज ५० हजार र म्याक्सिमम ५७ हजार ५०० सम्म बोली लगाएका थिए ।
इडब्लुभीएलमार्फत महिला भलिबलमा प्रतिस्पर्धात्मकता, व्यवसायिकता र क्षेत्रीय प्रतिनिधित्वको सशक्त मिश्रण देख्न पाइने अपेक्षा गरिएको छ । प्रतियोगिता आगामी भदौ २० देखि २८ गतेसम्म हुने तय भएको छ ।
अक्सनपछि लिगका ६ टिम:
मधेश युनाइटेड
मार्की खेलाडी: निरुता ठगुन्ना
ए क्याटेगोरी: आरती सुवेदी
बी क्याटेगोरी: कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट
सी क्याटेगोरी: बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना
सम्पूर्ण मधेश टोली: निरुता ठगुन्ना, आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना ।
कर्णाली यशविस
मार्की खेलाडी: सुमित्रा रेग्मी
ए क्याटेगोरी: सफिया पुन
बी क्याटेगोरी: रश्मित दुरा, जश्ना महतो, पूजा थारु
सी क्याटेगोरी: नेबिका चौधरी, रेबिका लामा तमु, एलिशा भोजु
सम्पूर्ण कर्णाली टोली: सुमित्रा रेग्मी, सफिया पुन, रश्मित दुरा, जश्ना महतो, पूजा थारु, नेबिका चौधरी, रेबिका लामा तमु, एलिशा भोजु ।
पोखरा निन्जाज
मार्की खेलाडी: प्रगति नाथ
ए क्याटेगोरी: पुनम चन्द
बी क्याटेगोरी: मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा
सी क्याटेगोरी: एन्जिला प्रधान, निशा महर, भावना तामाङ
सम्पूर्ण पोखरा टोली: प्रगति नाथ, पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, एन्जिला प्रधान, निशा महर, भावना तामाङ ।
ललितपुर क्विन्स
मार्की खेलाडी: सलिना श्रेष्ठ
ए क्याटेगोरी: संगम महतो
बी क्याटेगोरी: लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर
सी क्याटेगोरी: निशा चौधरी, सृष्टि खड्गी, भावना डाँगी
सम्पूर्ण ललितपुर टोली: सलिना श्रेष्ठ, संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी, भावना डाँगी ।
काठमाडौं स्पाइकर्स
मार्की खेलाडी: उषा भण्डारी
ए क्याटेगोरी: कबिता भट्ट
बी क्याटेगोरी: मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर
सी क्याटेगोरी: बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री
सम्पूर्ण काठमाडौं टोली: उषा भण्डारी, कबिता भट्ट, मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री ।
लुम्बिनी लाभाज
मार्की खेलाडी: अरुणा शाही
ए क्याटेगोरी: कामना विष्ट
बी क्याटेगोरी: एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा बिक
सी क्याटेगोरी: रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी
सम्पूर्ण लुम्बिनी टोली: अरुणा शाही, कामना विष्ट, एलिशा मानन्धर, शान्तिकला तामाङ, जेनिशा बिक, रोमा महतो, रञ्जना भोटो, अनुशा चौधरी ।