साफ क्लब महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

Yangle News
Yangle News
२०८२ अशोज २० गते
साफ क्लब महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

साफ क्लब महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार विभागीय टोली एपीएफ क्लबले साफ क्लब महिला च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग खेल्ने भएको छ ।

प्रतियोगितामा यी दुईबाहेक भारतको इस्ट बंगाल फुटबल क्लब, भुटानको ट्रान्सपर्ट युनाइटेड एफसी र पाकिस्तानको कराची सिटी एफसीले प्रतिस्पर्धा गर्दैछन् । एपीएफले दोस्रो खेल २५ मंसिरमा ट्रान्सपर्ट युनाइटेडसँग खेल्ने छ । २८ गते कराँची र २ पुसमा अन्तिम खेल इस्ट बंगालसँग एपीएफल खेल्ने तालिका रहेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक आयोजना गर्न लागेको च्याम्पियनसिपका खेल आगामी मंसिर १९ देखि पुस ५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

सिंगल राउन्ड रोबिनमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल ५ पुसमा हुने जनाइएको छ ।

Yangle News