ट्वीटरमा अब भ्वाइस र भिडियो च्याट पनि गर्न मिल्ने !

Yangle News
Yangle News
२०८० बैशाख २९ गते
ट्वीटरमा अब भ्वाइस र भिडियो च्याट पनि गर्न मिल्ने !

 

सीईओ एलन मस्कले ट्‍वीटरमा कल र इन्क्रिप्टेड म्यासेजिङको फिचर समावेश गर्ने घोषणा गरेका छन् ।

मस्कले गत वर्ष एन्क्रिप्टेड डाइरेक्ट म्यासेज (डीएम्स), लामो ट्‍वीटहरू र भुक्तानी गर्न मिल्ने सेवा सामेल हुने ‘ट्‍वीटर 2.0 द एभरीथिङ एप’को योजना सार्वजनिक गरेका थिए ।

‘छिट्टै तपाईंले आफ्नो ट्‍वीटर ह्यान्डलबाट यस प्लाटफर्ममा जो कोहीसँग पनि भ्वाइस र भिडियो च्याट गर्न सक्नुहुनेछ । तपाईं संसारको जुनसुकै ठाउँमा मानिसहरूलाई आफ्नो फोन नम्बर नदिइ कुरा गर्न सक्नुहुन्छ,’ मस्कले मंगलबार ट्‍वीटर प्रयोगकर्तालाई सम्बोधन गर्दै भने ।

ट्‍वीटरमा सामेल हुने कल फिचरले यस माइक्रो -ब्लगिङ प्लाटफर्मलाई मेटाको सोसल मिडिया एप्स, फेसबुक र इन्स्टाग्राम जस्तै प्लाटफर्ममा परिणत गर्नेछ ।

एन्क्रिप्टेड डाइरेक्ट म्यासेज समावेश भएको संस्करण बुधबारदेखि ट्‍वीटरमा उपलब्ध हुनेछ ।

यस बाहेक ट्‍वीटरले धेरै वर्षदेखि निष्क्रिय खाताहरू हटाउन र अभिलेख गर्ने प्रक्रिया सुरु गर्ने जनाइएको छ ।

287 views