युद्धविराम प्रस्तावप्रति हमासको सकारात्मक प्रतिक्रिया

Yangle News
Yangle News
२०८२ असार २१ गते
युद्धविराम प्रस्तावप्रति हमासको सकारात्मक प्रतिक्रिया

हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नका निम्ति युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न आफू तयार रहेको जनाएको छ । यो घोषणा अरू प्यालेस्टाइनी पक्षसँगको परामर्शपछि गरिएको हो ।

त्यसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको प्रस्तावित अमेरिका भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका निम्ति पहल गर्न आग्रह गरेका छन् ।
हमासले अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावको मस्यौदामा उल्लिखित सर्तलाई सकारात्मक रूपमा लिइएको र वार्ताको प्रक्रियामा सहभागी हुने तयारी रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

हमासमा आबद्ध इस्लामिक जिहाद समूहले पनि वार्ताप्रति समर्थन जनाएको छ । इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने स्पष्ट निश्चितता आवश्यक भएकामा उसले जोड दिइएको छ । हमासको घोषणाबारे पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले यसलाई सकारात्मक संकेतका रूपमा लिँदै द्वन्द्व अब अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

गाजामा हिंसात्मक संघर्ष सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको थियो । त्यस दिन हमासले इजरायली क्षेत्रमा हमला गरेको थियो । युद्धविरामका निम्ति यसअघि पनि दुईपटक अस्थायी सहमति भएको थियो । त्यति बेला इजरायली बन्धक र प्यालेस्टाइनी कैदीलाई मुक्त गरिएको थियो ।

यसैबीच, राष्ट्रपति ट्रम्पले गाजाका सर्वसाधारणको सुरक्षाका निम्ति आफू गम्भीर रहेको धारणा व्यक्त गरेका छन् ।

36 views