एनभीए लिग: कुन टोलीको प्रतिस्पर्धा कुनसँग ?

Yangle News
Yangle News
२०८२ जेष्ठ ७ गते
एनभीए लिग: कुन टोलीको प्रतिस्पर्धा कुनसँग ?

बिहीबारबाट सुरु हुने प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्को सामना गर्ने भएको छ ।

महिलातर्फको पहिलो खेल पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहान ८ बजे सुरु हुनेछ । सोही दिन बिहान १० बजे सुरु हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्लब बुटवल र विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् । यसैगरी पहिलो दिन पुरुषतर्फ चार खेल हुनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश खेलकुद विकाश परिषद्, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मणिमुकुन्द भलिबलले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेश खेलकुद विकाश परिषद्को सहभागिता रहनेछ ।

दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउने छन् ।

तालिका:

Yangle News