साफ यू-१९ : सेमीफाइनलमा नेपाल बंगलादेशसँग पराजित

Yangle News
Yangle News
२०८२ जेष्ठ २ गते
साफ यू-१९ : सेमीफाइनलमा नेपाल बंगलादेशसँग पराजित

साविक विजेता बंगलादेशसँग नेपाल २-१ ले पराजित भएको छ । यस पराजयसँगै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रंगशालामा आज बंगलादेशलाई जित दिलाउन अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरेका थिए भने नेपालका लागि सुजन डंगोलले सान्त्वना गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफको ७३औं मिनेटमा अशिकुरको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो भने त्यसको ८ मिनेट पछाडि नै नज्मुलले टोलीको अग्रता दोब्बर बनाए ।निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपालाई खेलमा फर्काउन प्रयास गरे पनि पर्याप्त बन्न सकेन ।

समूह चरणमा श्रीलंकाविरुद्ध ५-० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४-० को फराकिलो हार बेहोरेको थियो । यता माल्दिभ्सँग २-२ को बराबरीमा रोकिदा बंगलादेशले भुटानलाई ३-० ले हराएको थियो ।

अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।