समानुपातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

Yangle News
Yangle News
२०८२ पुस २८ गते
समानुपातिक बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकको बन्दसूचीबाट ८५ जनाले नाम फिर्ता लिएका छन् । सोमबार साँझ साढे ७ बजेसम्म १७ दलबाट ८५ जनाले समानुपातिक बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन् ।

उनका अनुसार नाम फिर्ता लिनेहरू जनमत पार्टी, नेकपा एमाले, जसमा, नेपाली कम्युनिस्ट पार्टी(नेकपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लगायत छन् । आयोगका अनुसार सबैभन्दा धेरै जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ‘फिर्ता लिने क्रम जारी नै छ । केही घण्टापछि आयोगले विज्ञप्ति निकालेर विस्तृत जानकारी दिनेछ,’ सहायक प्रवक्ता पुनले भनिन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ दलले बन्दसूची पेस गरेका थिए । पुस १३ र १४ गते बन्दसूची पेस गर्न आयोगले समय दिएको थियो । आज बन्दसूचीबाट नाम फिर्ता लिने समय तोकिएको थियो ।