जम्मु काश्मिरमा फेरि सुरु भयो गोलाबारी

Yangle News
Yangle News
२०८२ बैशाख २६ गते
जम्मु काश्मिरमा फेरि सुरु भयो गोलाबारी

भारत र पाकिस्तानबीच फेरि जम्मु काश्मिरमा गोलाबारी भएको खबर आएको बीबीसीले जनाएको छ । शुक्रबार राति नियन्त्रण रेखा (एलओसी)मा दुवैतर्फबाट गोली हानाहान भएको जनाएको छ ।

‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच-बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । उनले यसअघि लेखेको अर्को पोस्टमा भनेका छन्, ‘अहिले जम्मुमा अन्धकार छाएको छ । शहरभरि साइरनको आवाज सुनिन थालेको छ ।’ स्थानीय समयअनुसार साँझ ७:२० बजेदेखि गोलाबारी सुरु भएको हो ।

श्रीनगरस्थित बीबीसी संवाददाताले कुपवाडाको करनाह र तंगधार, उरी र पुंछमा साँझ ७ बजेपछि गोलीबारी भएको बताएका छन् । जम्मू, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुरसार उरी सेक्टरमा गोली विस्फोटको आजाव सुनिएको छ । यसका साथै पठानकोटमा रहेको बीबीसी टीमले पनि विस्फोटको आवाज सुनेको छ ।

यसअघि भारतीय विदेश मन्त्रालयका तर्फबाट शुक्रबार गरिएको प्रेस ब्रिफिङमा कर्णेल सोफिया कुरेशीले बिहीबार रातभर फरक फरक स्थानमा आक्रमण भएको जानकारी दिएकी थिइन् । तर पाकिस्तानले भने यस्तो कुनै आक्रमण नगरिएको बताएको थियो ।

67 views