राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा भएको छ । राजावादीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेको हो ।
राजावादीहरूले १४ बुँदे संयुक्त वक्तव्य जारी गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेको संयोजक नवराज सुवेदीले बताए । उनका अनुसार हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहनेछ । ‘२०८२ जेठ १५ देखि सुरु हुने यो आन्दोलन हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन । आन्दोलनको विस्तृत कार्यक्रम उपयुक्त समयमा जानकारी गराइनेछ,’ १४ बुँदे वक्तव्यमा भनिएको छ ।
जेठ १५ गतेदेखि देशका विभिन्न स्थानमा जुलुस, धर्ना लगायतका जनप्रदर्शन गरिने संयोजक सुवेदीको भनाइ छ । आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजावादी घटकहरूको संयुक्त आयोजना रहने बताइएको छ ।
राजावादी घटकहरूले परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारको बीचमा सामञ्जस्यता कायम गर्ने र सबै विचारधारा र शक्तिहरू अटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने विषयमा सहमति जनाएका छन् ।
त्यस्तै सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना र केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरुप अहिलेको भन्दा धेरै अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार स्थापना गर्ने सहमति जनाएका छन् ।
त्यस्तै तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्र लगायतहरूको तत्काल रिहाइ गर्न माग पनि गरिएको छ । राजावादीहरूले शान्तिपूर्ण आन्दोलन गर्ने र भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने जानकारी दिएको छ ।
प्रतिवद्धता :