संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि ३ अर्ब १० करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज स्वीकृत गरेको पेन्टागनले जनाएको छ ।
उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश छन् ।
यस सहयोगमा समावेश भएका कम्पनीहरूमा प्रमुख रूपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरू रहेका छन् । तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन । विमानहरू अमेरिकी सरकारबाट नभई युरोपेली मित्र राष्ट्रहरूबाट प्रदान गरिने बताइएको छ ।
यो सहयोग गत वर्ष डिसेम्बरमा स्वीकृत भई २ अर्ब ६६ करोड रुपैयाँ बराबरको अर्को सम्झौता पछिको निरन्तरता हो । जसले मिसन योजना प्रणाली र मर्मत उपकरणहरू उपलब्ध गराएको थियो ।
नेदरल्याण्ड, डेनमार्क, नर्वे र बेल्जियमजस्ता मित्र राष्ट्रहरूले हालसम्म युक्रेनलाई जम्मा ७९ वटा लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरू पठाइने अपेक्षा गरिएको छ ।