देशका विभिन्न स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्ष भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो विराटनगर, काठमाडौं, पोखरा र डडेल्धुरामा हल्कादेखि मध्यम वर्ष भएको हो ।
शुक्रबार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ । यसका साथै, सुदूपश्चिम प्रदेशलगायत देशको पहाडी भुभागका एक दुई स्थानमा मेघजर्गन र चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमाको केही स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ ।