पोखरामा आयोजित एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन दीगो पर्यटन तथा डिजिटाइजेशनमा जोड दिंदै सम्पन्न भएको छ । एडभेन्चर मार्ट —२०२३ नाम दिइएको सम्मेलन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड र पाटा इन्टरनेशनलले आयोजना गरेको थियो । मंगलबारदेखि शुरु मार्टमा आर्थिक विकासका लागि दीगो पर्यटन आजको आवश्यक्ता भएकोमा विज्ञहरुले जोड दिएका छन् ।
बदलिंदो परिवेशमा पर्यटन विकास र प्रर्वद्धनको लागि डिजिटलाइजेशनलाईसँगै लैजानुपर्ने मार्टमा सहभागिले बताए ।
सम्मेलनमा मालदिभ्स्का पर्यटन मन्त्री अब्दुल्ला मासुम , विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेता, पर्यटनविज्ञहरु सहित २५० भन्दा बढिको सहभागीता रहेको थियो । सो क्रममा विभिन्न देशका पर्यटन विज्ञहरुले विश्वको पछिल्लो पर्यटनको अवस्था, चुनौती र अवसर , आर्टिफिसियल इन्टिेलिजेन्स, सोसल मिडिया एन्फुलुएन्स, महामारी र दीगो पर्यटनका विभिन्न आयामबारे बहस तथा छलफल गरेका थिए ।
नेपालमा पहिलोपटक आयोजना गरिएको यो सम्मेलन कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल भएको आयोजकको विश्वास छ ।
चार दिने सम्मेलनको समापनसंगै पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले मार्ट आयोजना गरेमा बधाई दिँदै यो सम्मेलनले नेपाललाई सुन्दर, सुरक्षित र साहसिक पर्यटनको गन्त्वयका रुपमा चिनाउन सघाउ पुग्ने बताए ।