शिक्षक महासंघ वार्तामा बस्न तयार

Yangle News
Yangle News
२०८१ चैत्र २७ गते
शिक्षक महासंघ वार्तामा बस्न तयार

आन्दोलनरत शिक्षक महासंघ सरकारसँग वार्ता गर्न तयार भएको छ ।

महासंघले बुधबार वार्ता टोलीसमेत गठन गरेको छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले चार सदस्यीय वार्ता टोली बनाएको हो । बिहीबारका लागि वार्तासमेत तय भएको छ ।

शिक्षा सचिवले शिक्षा विधेयकमा छलफल गर्न महासंघलाई बोलाएपछि महासंघले वार्ता टोली बनाएको हो । यसअघि सरकारले तीनपटक वार्तामा बोलाए पनि महासंघले काठमाडौंकेन्द्रित आन्दोलन जारी राखेको थियो भने वार्तामा बस्न अस्वीकार गरेको थियो ।