निर्वाचन आयोगका पदाधिकारीहरुसँग प्रधानमन्त्रीको छलफल शुरु

Yangle News
Yangle News
२०७९ पुस १८ गते
निर्वाचन आयोगका पदाधिकारीहरुसँग प्रधानमन्त्रीको छलफल शुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल शुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीसँग छलफल शुरु गरेका हुन्। प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहने जनाइएको छ। छलफलमा आयोगका पदाधिकारीसँगै गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन्।