‘पहिचानका आधारमा राज्य पुन:संरचनाको मुद्दा छाडेका छैनौं’

Yangle News
Yangle News
२०८१ चैत्र २४ गते
‘पहिचानका आधारमा राज्य पुन:संरचनाको मुद्दा छाडेका छैनौं’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको दाबी गरेका छन् ।

आज काठमाडौंमा आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिएका हुन् । उनले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराए । उनले भने, ‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो । हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं । भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ ।’

त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख ६ गते काठमाडौंमा हुने नेवा: मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताए । ‘प्रतिगामीहरूले फेरि टाउको उठाउन सम्भव छैन । त्यसका लागि काठमाडौंका नेवारहरू जुरुक्क उठ्नुपर्‍यो,’ उनले भने ।

यथास्थिति र प्रतिगामी षडयन्त्रविरुद्ध आन्दोलन गर्न जरुरी भएको उनको भनाई छ ।

165 views