जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलहरु अब आफ्नै मोबाइलमा लाइभ हेर्न सकिने भएको छ । एनसेलले डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा एनपीएल प्ले प्याक योजनामा डिशहोम गो एप मार्फत खेलहरु मोबाइलमा लाइभ हेर्न मिल्ने सुविधा ल्याएको हो ।
ग्राहकले एनसेल एप र एनसेलका खुद्रा विक्रेताहरु मार्फत यो प्याक खरिद गर्न सक्ने जनाइएको छ । प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने १ जीबी डेटा बन्डल सेवाका रुपमा पाउनेछन् । कर सहित २९९ रुपैयाँ पर्ने यो प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफ मार्फत डिशहोम गो एप लगइन गरी एनपीएलका खेलहरु लाइभ हेर्न सक्ने एनसेलको विज्ञप्तिमा उल्लेख छ ।
एनसेलले यसअघि एनपीएल फ्यान प्याकहरु पनि सर्वाजनिक गरिसकेको छ । एनसेल फाउन्डेसनले यस वर्ष पनि खेलमा प्रहार हुने प्रत्येक चौका वापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान गरिरहेको जनाएको छ ।